Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Multilingual Illustrated DVD [Tutorial]

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


National Geographic Society This program is distributed in the U.S. and Canada by National Geographic and EHD. [learn more]

Choose Language:
Download English PDF  Download Spanish PDF  Download French PDF  What is PDF?
 

The Fetal Period (8 Weeks through Birth)

Chapter 37   9 Weeks: Swallows, Sighs, and Stretches

यहाँबाट जन्म नभएसम्म फिटल अवधि सुरु हुन्छ ।

नौ हप्तासम्ममा, बूढी औंला चुसाई सुरु हुन्छ र फिटसले एम्नियोटिक तरल पदार्थ निल्न सक्छ ।

फिटसले कुनै वस्तु समात्नसमेत सक्छ, टाउको अगाडि र पछाडि हल्लाउन, बंगारा खोल्न बन्द गर्न, जिब्रो चलाउन, सुस्केरा हाल्न र जीउ तन्काउन पनि सक्छ ।

नर्भ रिसेप्टरहरु अनुहार, हत्केला, र पैतालामा रहेकाहरुले हलुका स्पर्श महसूस गर्न सक्छन् ।

"पैतालामा हलुका स्पर्शको प्रतिक्रियामा," फिटसले कम्मर र घुँडा मोड्छ र खुट्टाका औंला खुम्च्याउन सक्छ ।

परेला यतिबेला पूर्ण रुपमा बन्द हुन्छन् ।

लारिन्क्समा, भोकल लिगामेन्ट्स देखापर्छ जुन भोकल कर्डको विकासको सुरुवातको संकेत हो ।

महिला भ्रुणहरुमा, गर्भाशय पहिचान गर्न सकिने हुन्छ र अपरिपक्व प्रजनन कोषहरु, जसलाई उगानिया भनिन्छ, ले अण्डाशयभित्र प्रतिलिपिहरु बनाइरहेको हुन्छ ।

बाह्य यौन अंगहरुले आफूलाई छुट्याउन सकिने बनाउँछ महिला हो कि पुरुष भनी ।

Chapter 38   10 Weeks: Rolls Eyes and Yawns, Fingernails & Fingerprints

९ र १० हप्ताको बीचमा तीब्र वृद्धिदरले शरीरको वजन बढाउँछ ७५ प्रतिशतभन्दा बढी ।

१० औं हप्तासम्ममा, माथिल्लो परेलाको उत्तेजना का कारण आँखा तलपट्टी माथितल गर्न थाल्छ ।

फिटसले हाई गर्न थाल्छ र अक्सर मुख खोल्ने, बन्द गर्ने गर्छ ।

अधिकांश फिटसहरुले दायाँ बूढीऔंला चुस्छन् ।

नाभिनाल भित्रका आन्द्राभुँडीको एक भाग पेटको खाली ठाउँमा फर्कन्छ ।

अधिकांश हड्डीहरुमा ओस्सिफिकेसन भइरहेको हुन्छ ।

हात र खुट्टाका औंलाहरुमा नङको विकास हुनथाल्छ ।

विशिष्ट औंठा छाप निषेचनको १० हप्तापछि देखापर्छ । यी नमूनाहरु जीवन भर परिचयका लागि प्रयोग गर्न सकिन्छ ।

Chapter 39   11 Weeks: Absorbs Glucose and Water

११ औं हप्तासम्ममा नाक र ओठ पूर्ण रुपमा बनिसकेको हुन्छ । अरु अंगका भागहरु झैं, यसको आकार पनि परिवर्तन हुँदै जान्छ, प्रत्येक चरणमा मानव जीवन चक्रको ।

आन्द्राभुँडीले ग्लुकोज र पानी सोस्न थाल्दछ जुन फिटसले निलेको हुन्छ ।

लिंग निर्धारण भइसकेको भए पनि निषेचनको बेलामा नै, बाह्य यौन अंग अब छुट्याउन सकिन्छ पुरुषको हो कि महिलाको भनी ।


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment:
     


Newest  |  Top Rated

1 Comment


rajasree raja
October 2, 2013 at 1:07 am
rajasree raja
thanks for your details
Report
Dislike
Like