Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Multilingual Illustrated DVD [Tutorial]

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


National Geographic Society This program is distributed in the U.S. and Canada by National Geographic and EHD. [learn more]

Choose Language:
Download English PDF  Download Spanish PDF  Download French PDF  What is PDF?
 

Embryonic Development: 4 to 6 Weeks

Chapter 11   4 Weeks: Amniotic Fluid

४ हप्तासम्ममा प्रष्ट पातलो झिल्लीले भ्रुणलाई चारैतर्फबाट बेरेको हुन्छ तरल पदार्थले भरिएको गर्भ थैलीमा । यो विशुद्ध तरल पदार्थ, जसलाई एमिनोटिक फ्लुड भनिन्छ, ले भ्रुणलाई चोटपटक लाग्नबाट बचाउँछ ।

Chapter 12   The Heart in Action

मुटु सामान्यताया प्रति मिनेट करिब ११३ पटक धड्किन्छ ।

ध्यान दिनुस् कसरी मुटुको रंग परिवर्तन भइरहेको छ जब प्रत्येक धड्कनका बेला रगत यसको कक्षमा पस्ने र निस्कने गर्दछ ।

मुटु धड्किन्छ त्यस्तै करिब ५ करोड ४० लाख पटक जन्मनु अघि र ३ अर्ब २० करोड पटकभन्दा बढी ८० वर्षो जीवन चक्रमा ।

Chapter 13   Brain Growth

मस्तिष्कको तीब्र विकासको प्रमाणका रुपमा देखापर्छ अग्रमस्तिष्क, मध्यमस्तिष्क, र पछाडिको मस्तिष्क ।

Chapter 14   Limb Buds

माथिल्लो र तल्लो अवयवको विकास सुरु हुन्छ अवयवको अंकुर देखा परेर चार हप्तासम्ममा ।

यो अवधिमा छाला पारदर्शी हुन्छ किनभने यो मात्र एक कोष बाक्लो हुन्छ ।

छाला बाक्लो हुँदै जाँदा, यसले आफ्नो पारदर्शिता गुमाउँछ, जसको अर्थ हुन्छ हामीले अब देख्न सक्छौं भित्री अंगहरुको विकास आउँदो एक महिनासम्म मात्र ।

Chapter 15   5 Weeks: Cerebral Hemispheres

४ र ५ हप्ताको बीचमा, मस्तिष्कको तीब्र विकास दर कायम रहन्छ र पाँच फरक भागमा विभाजित हुन्छ ।

टाउको भ्रुणको कूल आकारको करिब एक तिहाइ हुन्छ ।

उर्ध्वमस्तिष्कको गोलार्द्ध देखापर्छ, विस्तारै मस्तिष्कको सबैभन्दा ठूलो भागका रुपमा परिणत हुन्छ ।

क्रियाकलापहरु अन्ततः उर्ध्वमस्तिष्क गोलार्द्धबाट नियन्त्रित हुन्छन् जसमा समावेश हुन्छ सोच्ने, सिक्ने, स्मृति, भाषा, दृष्टि, श्रवण, ऐच्छिक गति, र समस्या समाधान ।

Chapter 16   Major Airways

श्वास प्रश्वास प्रणालीमा, मुख्य स्टेम ब्रोन्चीका दायाँ र बायाँ भाग उपस्थित हुन्छ र अन्ततः यसले जोड्छ ट्राचिया वा श्वासनलीलाई फोक्सोसित ।

Chapter 17   Liver and Kidneys

ध्यान दिनुस् पेटको खाली ठाउँलाई ढाकेको विशाल पित्ताशयलाई धड्किरहेको मुटुको नजिकै रहेको ।

स्थायी मृगौला ५ हप्तासम्ममा देखा पर्छ ।

Chapter 18   Yolk Sac and Germ Cells

योक साकमा प्रारम्भिक प्रजनन कोषहरु समावेश हुन्छन् जसलाई बीजाणु कोष भनिन्छ । ५ हप्तासम्ममा यी बीजाणु कोषहरु स्थानान्तरण हुन्छन् प्रजनन अंगहरुका लागि मृगौलाहरुका नजिकै ।

Chapter 19   Hand Plates and Cartilage

५ हप्तासम्ममा नै, भ्रुणले हातका पत्रहरुको विकास गर्छ, र कमलो हाडको निर्माण साढे ५ हप्तासम्ममा सुरु हुन्छ ।

यहाँ हामी देख्न सक्छौं बायाँ हातका पत्र र नाडी ५ हप्ता र ६ दिनको बेला ।


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment: