Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Multilingual Illustrated DVD [Tutorial]

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


National Geographic Society This program is distributed in the U.S. and Canada by National Geographic and EHD. [learn more]

Choose Language:
Download English PDF  Download Spanish PDF  Download French PDF  What is PDF?
 

The 8-Week Embryo

Chapter 30   8 Weeks: Brain Development

आठ हप्तामा मस्तिष्क निकै जटिल भइसकेको हुन्छ र भ्रुणको कूल वजनको झण्डै आधा भाग ओगटिसकेको हुन्छ ।

वृद्धि असामान्य दरले जारी रहन्छ ।

Chapter 31   Right- and Left-Handedness

आठौं हप्तासम्ममा, ७५ प्रतिशत भ्रुणले दायाँ हात बढी चलाएको देखिन्छ । बाँकी प्रतिशत समान रुपमा विभाजित हुन्छ बायाँ हातको प्रभुत्व रहने र कुनै हातको प्रभुत्व नरुचाउनेबीच । यो दायाँ वा बाँया हातको प्रभुत्व देखिने व्यवहारको पहिलो प्रमाण हो ।

Chapter 32   Rolling Over

चिकित्सकीय पुस्तकहरुमा वर्णन गरिएअनुसार पल्टने क्षमता जन्मेको १० देखि २० हप्तामा देखिन्छ । जबकी यो असामान्य दक्षता प्रदर्शन हुन्छ धेरै अगाडि न्युन गुरुत्वाकर्षण भएको वातावरणमा तरल पदार्थ भरिएको बच्चा बस्ने थैली एम्नियोटिक स्याकमा । मात्र हुँदैन चाहिएको शक्ति पराजित गर्न उच्च गुरुत्वाकर्षण शक्तिलाई जुन पाठेघर बाहिर रहन्छ यसले नवजात शिशुलाई पल्टनबाट रोक्छ ।

भ्रुण अब शारीरिक रुपमा बढी सक्रिय हुनथाल्छ यो अवधिमा ।

चालहरु सुस्त वा तीब्र हुनसक्छन्, एक पटक वा बारम्बार, लगातार वा प्रतिबिम्बित ।

टाउको फर्काउने, घाँटीको विस्तार, र हात र अनुहारको सम्पर्क अधिकांश समय हुन्छ ।

छुँदा भ्रुणले आँखा खुम्च्याउने बंगारा चलाउने, समात्ने चालहरु, र खुट्टाका औंलाले देखाउने गर्छ ।

Chapter 33   Eyelid Fusion

७ देखि ८ हप्ताको बीचमा, माथिल्लो र तल्ला परेलाहरु आँखामाथि तीब्र गतिमा बढ्छन र आंशिक रुपमा जोडिन्छन् ।

Chapter 34   "Breathing" Motion and Urination

गर्भाशयमा हावा नहुने भए पनि, भ्रुणले आठ हप्तासम्ममा छिटोछिटो श्वास फेरेको चाल प्रदर्शन गर्छ ।

यतिबेलासम्ममा, मृगौलाले पिसाब उत्पादन गर्छ जुन एम्नियोटिक फ्लुडमा निस्कन्छन् ।

पुरुष भ्रुणमा, विकासोन्मुख अण्डले टेस्टोस्टेरोन उत्पादन गरी छाड्न सुरु गर्छ ।

Chapter 35   The Limbs and Skin

हड्डी, जोर्नी, मांसपेशी, नसा, र अवयवका रक्तवाहिनी वयस्कका झैं हुन्छन् ।

आठौं हप्तासम्ममा एपिर्डर्मिस, वा बाहिरी त्वचा, बहुपत्रीय मेम्ब्रेन बनिसकेको हुन्छ, आफ्नो पारदर्शिता गुमाउँदै ।

अनुहार वरपर रौं देखिएपछि आँखिभौंहरु बढ्न थाल्छन् ।

Chapter 36   Summary of the First 8 Weeks

आठ हप्तामा भ्रुणावधि सकिन्छ ।

यो समयमा, मानव भ्रुण एउटा सिंगो कोषबाट बढेर झण्डै १ अर्ब कोषहरुमा पुगिसकेको हुन्छ जसले निर्माण गरेको हुन्छ ४,००० भन्दा बढी फरक एनाटोमिक ढाँचाहरु ।

भ्रुणमा अहिले रहेको हुन्छ वयस्कहरुमा पाइने ९० प्रतिशतभन्दा बढी ढाँचाहरु ।


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment: