Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Multilingual Illustrated DVD [Tutorial]

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


National Geographic Society This program is distributed in the U.S. and Canada by National Geographic and EHD. [learn more]

Choose Language:
Download English PDF  Download Spanish PDF  Download French PDF  What is PDF?
 

Chapter 1   Introduction

एककोषीय मानव भ्रुण (जाइगोट) गतिशील प्रक्रियाबाट एक खर्ब कोषीय वयस्क बन्नु शायद प्रकृति कै सबैभन्दा उल्लेखनीय घटना हो ।

अनुसन्धानकर्ताहरुले अहिले के पत्ता लगाएका छन् भने नियमित कार्यहरु जुन एउटा वयस्क शरीरले गर्छ त्यो गर्भावस्थामा नै प्रारम्भ भइसकेको हुन्छ - सामान्यतया जन्म हुनुभन्दा धेरै अगाडि नै ।

जन्म हुनुभन्दा अगाडिको विकास अवधि लाई तयारी समयको रुपमा बुझिने गरिएको छ जुन समयमा विकासोन्मुख मानवका लागि चाहिने थुप्रै ढाँचा प्राप्त हुन्छ, र जरुरी निकै सीपको अभ्यास हुन्छ जुन जन्मपछि बाँच्नका लागि आवश्यक हुन्छ ।

Chapter 2   Terminology

मानव गर्भावधि सामान्यतया कायम हुन्छ झण्डै ३८ हप्तासम्म गणना गर्ने हो भने निषेचन, वा गर्भाधानदेखि जन्मसम्मको अवधिलाई ।

निषेचनपछिका पहिला आठ हप्ताका क्रममा विकसित मानवलाई भ्रुण भनिन्छ यसको अर्थ "भित्रभित्रै बढिरहेको" भन्ने हुन्छ यो अवधिलाई भ्रुण अवधि पनि भनिन्छ यस क्रममा मुख्यतया निर्माण हुने गर्छ शरीरका मुख्य महत्वपूर्ण प्रणालीहरुको ।

आठ हप्ताको अवधि सकिएपछि गर्भावस्थाको अन्त्यसम्म, "विकास भइरहेको मानवलाई अंग्रेजीमा फिटस भनिन्छ" जसको अर्थ "जन्मन बाँकी सन्तान" हुन्छ । यो अवधि, जसलाई फिटल पिरियड भनिन्छ, मा शरीर ठूलो बन्छ र यसका प्रणालीहरुले काम थाल्छन् ।

सबै भ्रुण र फिटल उमेरहरुलाई यो कार्यक्रममा निषेचनपूर्वको अवधिका रुपमा उल्लेख गरिएको छ ।

The Embryonic Period (The First 8 Weeks)

Embryonic Development: The First 4 Weeks

Chapter 3   Fertilization

जीवविज्ञानको दृष्टिले "मानव विकास निषेचनको अवधिदेखि सुरु हुन्छ," जब एक स्त्री र एक पुरुष प्रत्येकका आफ्नै २३ क्रोमोजोमहरुको समागम हुन्छ उनीहरुका प्रजनन कोषहरुको मिलनमार्फत् ।

एक स्त्रीको प्रजनन कोषलाई सामान्यतया "अण्ड" भनिन्छ तर वास्तवमा यसलाई उकाइट भनिन्छ ।

त्यसैगरी, एक पुरुषको प्रजनन कोष लाई "वीर्य" का रुपमा अधिकांशले बुझ्छन् तर यसको वास्तविक शब्द स्पर्माटुजुन हो ।

एक महिलाको अण्डाशयबाट उकाइट निस्किएपछि ओभुलेसन नामको प्रक्रिया, जसमा उकाइट र स्पर्माटुजुनको मिलन हुन्छ बीजबाहिनी नलीहरुमध्येको एउटामा, यो नलीलाई सामान्यतया फेलोपियन ट्युब भन्ने गरिन्छ ।

बीजबाहिनी नलीहरुको सम्बन्ध महिलाको अण्डाशयसित र त्यहाँबाट पाठेघर वा डिम्बाशयसित हुन्छ ।

परिणामतः निस्कने एककोषीय भ्रुणलाई जाइगोट भनिन्छ, जसको अर्थ "एकापसमा जोडिएको" भन्ने हुन्छ ।

Chapter 4   DNA, Cell Division, and Early Pregnancy Factor (EPF)

जाइगोटका ४६ क्रोमोजोमहरुले प्रतिनिधित्व गर्छ एउटा फरक पहिलो संस्करण एक नयाँ व्यक्तिको पूर्ण जेनेटिक ब्लुप्रिन्टको । यो मुख्य योजना बसेको हुन्छ कडा रुपमा बेरिएको मोलेकुलसमा जसलाई डीएनए भनिन्छ । यसमा समाहित हुन्छ निर्देशनहरु कसरी हुने विकास पूरा शरीरको भन्ने विषयमा ।

डीएनए मोलेकुलस एउटा बटारिएको भर्याङ झैं हुन्छ जसलाई अंग्रेजीमा डबल हेलिक्स पनि भनिन्छ । भर्याङका खुड्किलाहरु बनेका हुन्छन्, जोडा मोलेकुलस, वा आधारहरुबाट जसलाई गुआनिन, साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ ।

गुआनिनको जोडा साइटोसाइनसित मात्र हुन्छ, र एडेनाइनको थाइमाइनसित । प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब यस्ता आधार जोडाहरु ।

एउटा सिंगो कोषको डीएनए मा यति धेरै सूचना समाहित हुन्छन् कि यदि त्यसलाई हामी अक्षरमा छाप्ने हो भने, हरेक आधारका पहिलो अक्षरमात्र राख्नलाई पनि आवश्यक हुन्छ, १५ लाख पृष्ठ अक्षरहरुको !

यदि टुप्पोबाट टुप्पो मिलाएर राख्ने हो भने, एउटा सिंगो मानव कोषको डीएनएको नाप ३ १/३ फिट वा एक मिटर हुन्छ ।

यदि हामीले बेरिएका सबै डीएनएलाई निकाल्यौं भने एक वयस्कका १ खर्ब कोषहरुको, तब यो लामो हुनेछ ६३ अर्ब माइलभन्दा बढी । यति दूरीमा पृथ्वीबाट सूर्यसम्म र फर्केर पुनः पृथ्वीमा पुग्न सकिन्छ ३४० पटक ।

निषेचनको झण्डै २४ देखि ३० घण्टापछि, जाइगोटले पहिलो कोष विभाजन पूरा गर्छ । मिटोसिस प्रक्रियाको माध्यमबाट, एउटा कोष दुइवटामा विभाजन हुन्छ, दुइवटा चारवटामा, र यसैगरी क्रमशः ।

निषेचन सुरु भएको छिटोमा २४ देखि ४८ घण्टामा, गर्भ रहे नरहेको पुष्टि गर्न सकिन्छ एउटा हार्मोन पत्ता लगाएर आमाको रगतमा रहेको "अर्ली प्रेगनेन्सी फ्याक्टर" नामको ।

Chapter 5   Early Stages (Morula and Blastocyst) and Stem Cells

निषेचनपछिको ३ देखि ४ दिनसम्ममा भ्रुणको विभाजित कोषहरुले एउटा गोलाकार आकृति धारण गर्छ र त्यो भ्रुणलाई भनिन्छ मोरुला ।

४ देखि ५ दिनसम्ममा, एउटा छिद्र यो कोषहरुको बलभित्र बन्छ र यो भ्रुणलाई त्यसपछि भनिन्छ ब्लास्टोसाइस्ट ।

ब्लास्टोसाइस्टभित्रका कोषहरु लाई भनिन्छ भित्री कोष पुञ्ज र यसले बनाउँछ टाउको, शरीर र अन्य संरचना मानव विकासका लागि आवश्यक ।

भित्री कोष पुञ्ज भित्रका कोषहरु लाई एम्ब्रायोनिक स्टेम सेल्स भनिन्छ किनभने तीसित क्षमता हुन्छ निर्माण गर्ने प्रत्येक कोषबाट २०० भन्दा बढी प्रकारका कोष मानव शरीरमा रहेका ।

Chapter 6   1 to 1½ Weeks: Implantation and Human Chorionic Gonadotropin (hCG)

गर्भनलीबाट मुनि यात्रा गरिसकेपछि, पहिलो भ्रुणले आफूलाई प्रविष्ट गराउँछ आमाको गर्भाशयको भित्री भित्तामा । प्रविष्टकरण भनिने यो प्रक्रिया ६ दिनमा सुरु हुन्छ र निषेचनको १० देखि १२ दिनपछि सकिन्छ ।

विकसित भ्रुणका कोषहरुबाट एउटा रागरसको उत्पादन हुनथाल्छ जसलाई ह्युमान कोरियोनिक गोनाडोट्रोनि वा एचसीजी भनिन्छ, अधिकांश गर्भ परीक्षणमा यो पदार्थ खोजिने गरिन्छ ।

एचसीजीले मातृ रागरसहरुलाई निर्देशित गर्छ सामान्य रजस्वला चक्रलाई रोक्न, जसबाट गर्भावस्थालाई जारी राख्न सकिन्छ ।

Chapter 7   The Placenta and Umbilical Cord

बीजारोपणपछि, ब्लास्टोसाइस्टको छेउमा रहेका कोषहरुले साल नाम गरेको ढाँचालाई उठाउँछ, जसले सीमाको रुपमा काम गर्छ आमा र भ्रुणको वितरण प्रणालीको ।

सालले आमाबाट वितरण गर्छ अक्सिजन, पौष्टिक आहार, रागरस, र उपचार विकासको क्रममा रहेको मानवलाई, काम नलाग्ने पदार्थहरुलाई हटाउँछ; र मातृरक्तलाई मिसिनबाट जोगाउँछ भ्रुण र फिटसको रगतमा ।

सालले पनि रागरस उत्पादन गर्छ र भ्रुण अनि फिटसको शरीरको तापक्रम कायम राख्छ आमाको भन्दा अलि बढी हुने गरी ।

सालले सञ्चार गर्छ विकासोन्मुख मानवसित नाभिनालका स्नायुहरुबाट ।

सालको जीवन रक्षा क्षमताको तुलना आधुनिक अस्पतालहरुमा पाइने सघन उपचार कक्षसित गर्न सकिन्छ ।

Chapter 8   Nutrition and Protection

एक हप्तासम्ममा, भित्री कोष पुञ्जका कोषहरु दुइ पत्रमा परिणत हुन्छन् जसलाई भनिन्छ हाइपोब्लास्ट र एपिब्लास्ट ।

हाइपोब्लास्टले उठान दिन्छ योक साकलाई, जुन एउटा ढाँचा हो जसबाट आमाले पौष्टिक आहारहरु आपूर्ति गर्छ प्रारम्भिक अवस्थामा रहेको भ्रुणलाई ।

एपिब्लास्टका कोषहरुले निर्माण गर्छन् एम्नियोन नामको एउटा मेम्ब्रेन, जसभित्र भ्रुण र पछि फिटस नजन्मिएसम्म विकास हुन्छ ।

Chapter 9   2 to 4 Weeks: Germ Layers and Organ Formation

झण्डै साढे दुइ हप्तासम्ममा, एपिब्लास्टले निर्माण गर्छ ३ विशेष किसिमका मसिनो जाली, वा बीजाणु पत्र, जसलाई भनिन्छ इक्टोडर्म, एन्डोडर्म, र मेसोडर्म ।

इक्टोडर्मले बढाउँछ थुप्रै ढाँचाहरुलाई जसमा सामेल छन् मस्तिष्क, मेरुदण्ड, स्नायु, छाला, नङहरु, र कपाल ।

एन्डोडर्मले उत्पादन गर्छ रुपरेखा श्वासप्रश्वास प्रणालीको र पाचन क्षेत्र, अनि उत्पन्न गर्छ अंशहरु महत्वपूर्ण अंगका जस्तै पित्ताशय र पाचक ग्रन्थी ।

मेसोडर्मले निर्माण गर्छ मुटु, मृगौलाहरु, हाडहरु, कमलो हाड, मांसपेशीहरु, रक्त कोषहरु, र अन्य ढाँचाहरु ।

तीन हप्तासम्ममा मस्तिष्क तीन प्राथमिक भागमा विभाजित हुन्छ जसलाई अग्रमस्तिष्क, मध्यमस्तिष्क, र पछाडिको मस्तिष्क भनिन्छ ।

श्वासप्रश्वास र पाचन प्रणालीको विकास पनि हुने क्रममा हुन्छ ।

जब पहिलो रक्त कोष योक साकमा देखिन्छ, रक्त वाहिनीको निर्माण हुन्छ भ्रुण भरी, र नली आकारको मुटु देखापर्छ ।

झण्डै लगत्तै, तीब्र गतिमा बढिरहेको मुटु आफैमा लपेटिन्छ यसै क्रममा अलग्गै कक्ष विकास हुन थाल्छ ।

मुटु धड्किन थाल्छ तीन हप्ता र एक दिनपछि निषेचनको ।

वितरण प्रणाली शरीरको पहिलो त्यस्तो प्रणाली, वा सम्बन्धित अंगहरुको समूह हो, जसले पूर्णरुपमा सञ्चालन हुने अवसर पाउँछ ।

Chapter 10   3 to 4 Weeks: The Folding of the Embryo

तीन र चार हप्ताको बीचमा, शरीर योजना देखापर्छ यस क्रममा मतिष्क, मेरुदण्ड, र भ्रुणको मुटु सजिलै पहिचान गर्न सकिन्छ योक साकसहित ।

तीब्र गतिको विकासका कारण लपेटिने क्रम सुरु हुन्छ सापेक्षित रुपमा चौडा भ्रुणको । यो प्रक्रियाले समावेश गर्छ योक साकको केही भागलाई भित्री पत्रमा पाचन प्रणालीको र निर्माण गर्छ छाति र पेटका खाली ठाउँ विकासोन्मुख मानवको ।

Embryonic Development: 4 to 6 Weeks

Chapter 11   4 Weeks: Amniotic Fluid

४ हप्तासम्ममा प्रष्ट पातलो झिल्लीले भ्रुणलाई चारैतर्फबाट बेरेको हुन्छ तरल पदार्थले भरिएको गर्भ थैलीमा । यो विशुद्ध तरल पदार्थ, जसलाई एमिनोटिक फ्लुड भनिन्छ, ले भ्रुणलाई चोटपटक लाग्नबाट बचाउँछ ।

Chapter 12   The Heart in Action

मुटु सामान्यताया प्रति मिनेट करिब ११३ पटक धड्किन्छ ।

ध्यान दिनुस् कसरी मुटुको रंग परिवर्तन भइरहेको छ जब प्रत्येक धड्कनका बेला रगत यसको कक्षमा पस्ने र निस्कने गर्दछ ।

मुटु धड्किन्छ त्यस्तै करिब ५ करोड ४० लाख पटक जन्मनु अघि र ३ अर्ब २० करोड पटकभन्दा बढी ८० वर्षो जीवन चक्रमा ।

Chapter 13   Brain Growth

मस्तिष्कको तीब्र विकासको प्रमाणका रुपमा देखापर्छ अग्रमस्तिष्क, मध्यमस्तिष्क, र पछाडिको मस्तिष्क ।

Chapter 14   Limb Buds

माथिल्लो र तल्लो अवयवको विकास सुरु हुन्छ अवयवको अंकुर देखा परेर चार हप्तासम्ममा ।

यो अवधिमा छाला पारदर्शी हुन्छ किनभने यो मात्र एक कोष बाक्लो हुन्छ ।

छाला बाक्लो हुँदै जाँदा, यसले आफ्नो पारदर्शिता गुमाउँछ, जसको अर्थ हुन्छ हामीले अब देख्न सक्छौं भित्री अंगहरुको विकास आउँदो एक महिनासम्म मात्र ।


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment: