Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Multilingual Illustrated DVD [Tutorial]

The Biology of Prenatal Development




जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


National Geographic Society This program is distributed in the U.S. and Canada by National Geographic and EHD. [learn more]

Choose Language:
Download English PDF  Download Spanish PDF  Download French PDF  What is PDF?
 

The Fetal Period (8 Weeks through Birth)

Chapter 37   9 Weeks: Swallows, Sighs, and Stretches

यहाँबाट जन्म नभएसम्म फिटल अवधि सुरु हुन्छ ।

नौ हप्तासम्ममा, बूढी औंला चुसाई सुरु हुन्छ र फिटसले एम्नियोटिक तरल पदार्थ निल्न सक्छ ।

फिटसले कुनै वस्तु समात्नसमेत सक्छ, टाउको अगाडि र पछाडि हल्लाउन, बंगारा खोल्न बन्द गर्न, जिब्रो चलाउन, सुस्केरा हाल्न र जीउ तन्काउन पनि सक्छ ।

नर्भ रिसेप्टरहरु अनुहार, हत्केला, र पैतालामा रहेकाहरुले हलुका स्पर्श महसूस गर्न सक्छन् ।

"पैतालामा हलुका स्पर्शको प्रतिक्रियामा," फिटसले कम्मर र घुँडा मोड्छ र खुट्टाका औंला खुम्च्याउन सक्छ ।

परेला यतिबेला पूर्ण रुपमा बन्द हुन्छन् ।

लारिन्क्समा, भोकल लिगामेन्ट्स देखापर्छ जुन भोकल कर्डको विकासको सुरुवातको संकेत हो ।

महिला भ्रुणहरुमा, गर्भाशय पहिचान गर्न सकिने हुन्छ र अपरिपक्व प्रजनन कोषहरु, जसलाई उगानिया भनिन्छ, ले अण्डाशयभित्र प्रतिलिपिहरु बनाइरहेको हुन्छ ।

बाह्य यौन अंगहरुले आफूलाई छुट्याउन सकिने बनाउँछ महिला हो कि पुरुष भनी ।

Chapter 38   10 Weeks: Rolls Eyes and Yawns, Fingernails & Fingerprints

९ र १० हप्ताको बीचमा तीब्र वृद्धिदरले शरीरको वजन बढाउँछ ७५ प्रतिशतभन्दा बढी ।

१० औं हप्तासम्ममा, माथिल्लो परेलाको उत्तेजना का कारण आँखा तलपट्टी माथितल गर्न थाल्छ ।

फिटसले हाई गर्न थाल्छ र अक्सर मुख खोल्ने, बन्द गर्ने गर्छ ।

अधिकांश फिटसहरुले दायाँ बूढीऔंला चुस्छन् ।

नाभिनाल भित्रका आन्द्राभुँडीको एक भाग पेटको खाली ठाउँमा फर्कन्छ ।

अधिकांश हड्डीहरुमा ओस्सिफिकेसन भइरहेको हुन्छ ।

हात र खुट्टाका औंलाहरुमा नङको विकास हुनथाल्छ ।

विशिष्ट औंठा छाप निषेचनको १० हप्तापछि देखापर्छ । यी नमूनाहरु जीवन भर परिचयका लागि प्रयोग गर्न सकिन्छ ।

Chapter 39   11 Weeks: Absorbs Glucose and Water

११ औं हप्तासम्ममा नाक र ओठ पूर्ण रुपमा बनिसकेको हुन्छ । अरु अंगका भागहरु झैं, यसको आकार पनि परिवर्तन हुँदै जान्छ, प्रत्येक चरणमा मानव जीवन चक्रको ।

आन्द्राभुँडीले ग्लुकोज र पानी सोस्न थाल्दछ जुन फिटसले निलेको हुन्छ ।

लिंग निर्धारण भइसकेको भए पनि निषेचनको बेलामा नै, बाह्य यौन अंग अब छुट्याउन सकिन्छ पुरुषको हो कि महिलाको भनी ।

Chapter 40   3 to 4 Months (12 to 16 Weeks): Taste Buds, Jaw Motion, Rooting Reflex, Quickening

११ र १२ हप्ताका बीचमा, फिटलको वजन झण्डै ६० प्रतिशतले बढ्छ ।

बार्हौं हप्तामा अन्त्य हुन्छ पहिलो तीन वा त्रैमासिक अवधि गर्भाधानको ।

मुखभित्र अब फरक किसिमका स्वाद चाख्ने ग्रन्थीले ढाकिन्छ ।
जन्मँदाका बखत, स्वाद चाख्ने ग्रन्थी हुन्छ जिब्रो र मुखको माथिल्लो भागमा मात्र ।

भित्री शरीरको चाल सुरु हुन्छ छिटोमा १२ हप्तामा र जारी रहन्छ करिब ६ हप्तासम्म ।

फिटल र नवजातबाट निस्कने पहिलो पदार्थलाइ मेकोनियम भनिन्छ । यो संकलित हुन्छ पाचन इञ्जाइमहरु, प्रोटिनहरु, र मृत कोषहरुबाट जसलाई पाचन क्षेत्रले निकालेको हुन्छ ।

१२ हप्तासम्ममा माथिल्लो अवयव शरीरको आकारको तुलनामा झण्डै अन्तिम चरणमा पुगेको हुन्छ । तल्लो अवयवले भने समय लिन्छ त्यसको अन्तिम चरणमा पुग्न ।

पिठ्युँ र टाउकोको माथिको भागलाई छाडेर, भ्रुणको पूरा शरीरले अब हलुका स्पर्शको प्रतिक्रिया देखाउँछ ।

लिंग आश्रित विकास विभिन्नताहरु पहिलो पटक देखापर्छ । उदाहरणका लागि, महिला भ्रुणहरुले बंगाराको चाल प्रदर्शन गर्छ बढी नियमित रुपमा पुरुषभन्दा ।

सुरुमा देखिने हट्ने प्रतिक्रियाको विपरीत, मुखनजिकैको उत्तेजनाले अब उत्पन्न गर्छ उत्तेजनाको कारकतर्फअगाडि बढी मुख खोल्ने । यस्तो प्रक्रियालाई रुटिङ रिफ्लेक्स भनिन्छ र यो जन्मपछि पनि जारी रहन्छ, यसले सहयोग गर्छ नवजात शिशुलाई आमाको दूधको मुण्टा खोज्न स्तनपानको क्रममा ।

अनुहार परिपक्व हुने क्रम जारी रहन्छ फ्याटले गालाको खाली ठाउँ भर्न सुरु गर्छ र दाँतको विकास सुरु हुन्छ ।

१५ हप्तासम्ममा, रगत निर्माण गर्ने स्टेम सेलहरु आइपुग्छन् र बोन म्यारोमा बढ्न थाल्छ । अधिकांश रक्तकोषको निर्माण यहाँ हुन्छ ।

६ हप्ताको भ्रुण चल्न थाल्ने भइसके पनि, गर्भवती महिलाले पेटमा बच्चा चलेको पहिलो अनुभव १४ देखि १८ हप्ताबीचमा गर्छ । पारम्परिक रुपमा, यो घटनालाई शिशुको तीब्र विकास भइरहेको रुपमा लिइन्छ ।

Chapter 41   4 to 5 Months (16 to 20 Weeks): Stress Response, Vernix Caseosa, Circadian Rhythms

१६ हप्तासम्ममा, प्रक्रियाहरु, जसमा घुसाउने सियो फिटसको पेटमा, ले निम्त्याउँछ हर्मोनल स्ट्रेस प्रतिक्रिया निस्कासन गर्दै नोराड्रेनालिन, वा नोरेपाइनफ्राइन रक्तधारामा ।

श्वासप्रश्वास प्रणालीमा, लघुश्वासनलिका वृक्ष अब झण्डै सकिन्छ ।

सुरक्षा प्रदान गर्ने सेतो पदार्थ, जसलाई भर्निक्स कासेओसा भनिन्छ, ले अब फिटसलाई ढाक्छ । भर्निक्स वा बुखुले छालालाई सुरक्षा प्रदान गर्छ हैरान पार्ने असरहरुबाट एम्नियोटिक तरल पदार्थका ।

१९ हप्तादेखि फिटलको चाल, श्वास फेर्ने क्रिया, र मुटुको धड्कनले पछ्याउँछ दैनिक चक्र जसलाई सिर्कादियन रिदम्स भनिन्छ ।

Chapter 42   5 to 6 Months (20 to 24 Weeks): Responds to Sound; Hair and Skin; Age of Viability

२० हप्तासम्ममा कोक्लिआ, जुन श्रवणसम्बन्धी अंग हो, वयस्क आकारमा पुग्छ पूर्ण विकसित भित्री कानमा । अबदेखि, फिटसले प्रतिक्रिया देखाउँछ विभिन्न ध्वनिहरुप्रति ।

टाउकोमा रौं उम्रन थाल्छ ।

सबै त्वचा पत्रहरु र संरचना विद्यमान हुन्छन्, जसमा रौंका फोलिकल्स र ग्रन्थीहरु सामेल हुन्छन् ।

निषेचनको २१ देखि २२ हप्ताभित्र, फोक्सोले श्वास फेर्ने केही क्षमता प्राप्त गरिसकेको हुन्छ । यसलाई व्यावहारिकताको उमेरको रुपमा लिइन्छ किनकि गर्भाशयबाहिर बाँच्न संभव हुन्छ केही भ्रुणहरुलाई ।

Chapter 43   6 to 7 Months (24 to 28 Weeks): Blink-Startle; Pupils Respond to Light; Smell and Taste

२४ हप्तासम्ममा परेलाहरु पुनः खुल्छन् र फिटसले झस्कन्दा आँखा झिम्क्याउने प्रतिक्रिया देखाउँछन् । अकस्मात्, ठूला आवाजहरु आउँदा हुने यस्तो प्रतिक्रिया सामान्यतया महिला भ्रुणमा छिटो विकास हुन्छ ।

धेरै अनुसन्धानकर्ताहरुको प्रतिवेदन अनुसार तीब्र आवाज ले फिटलको स्वास्थ्यमा नराम्रो असर पार्नसक्छ । तत्कालको बेफाइदामा समावेश हुन्छ लामो समयसम्म मुटुको धड्कन बढ्नु, फिटलले अत्यधिक निल्नु र अकस्मात् व्यावहारिक परिवर्तन । संभावित दीर्घकालीन बेफाइदामा श्रवण शक्ति गुम्ने हुनसक्छ ।

फिटलको श्वासप्रश्वास दर बढेर बढीमा प्रति मिनेट ४४ श्वास तान्ने- छाड्ने चक्रमा हुन्छ ।

गर्भाधानको तेस्रो त्रिमेस्टरका क्रममा, मस्तिष्क विकासको तीब्र क्रमले खपत गर्छ ५० प्रतिशत भन्दा बढी उर्जा फिटसले प्रयोग गर्ने मस्तिष्कको वजन ४०० देखि ५०० प्रतिशतको बीचमा बढ्छ ।

२६ हप्तासम्ममा आँखाले आँसु उत्पादन गर्छ ।

आँखाका नानीले छिटोमा २७ हप्तामा प्रकाशको प्रतिक्रिया देखाउन थाल्छ । यो प्रतिक्रियाले नियमित गर्छ प्रकाशको स्तर रेटिनामा पुग्ने जीवन भरका लागि ।

चाहिने सबै भाग संवेदना र सुँघ्नका लागि, सक्रिय हुन्छन् । समय नपुगेका शिशुहरुको अध्ययनले उनीहरुमा वासना सुँघ्ने शक्ति रहेको देखाउँछ छिटोमा निषेचनको २६ हप्तामा नै ।

एम्नियोटिक तरल पदार्थका मिठा पदार्थ राख्दा फिटलको निल्ने प्रक्रिया छिटो हुन्छ त्यसको विपरीत, फिटलको निल्ने प्रक्रिया घट्छ तीतो पदार्थ राख्दा । अनुहारका परिवर्तित भावना बेलाबेलामा देखिन्छ ।

हिँडाइजस्तो खुट्टाको चालका शृङ्खलाहरुबाट फिटस अगाडि बढ्छ ।

फिटस कम चाउरी परेको देखिन्छ थप फ्याट छालामुनि जम्मा हुँदै जाँदा । फ्याटले महत्वपूर्ण भूमिका खेल्छ शरीरको तापक्रम कायम राख्न त्यसैगरी जन्मपछिका लागि उर्जा संकलन गर्न ।

Chapter 44   7 to 8 Months (28 to 32 Weeks): Sound Discrimination, Behavioral States

२८ हप्तामा फिटसले छुट्याउन सक्छ उच्च र निम्न स्तरका ध्वनिहरु ।

३० हप्तासम्ममा, श्वास फेर्ने चाल बढी सामान्य हुन्छ र औसत फिटसमा ३० देखि ४० प्रतिशत समय यसमा बित्छ ।

गर्भाधानको अन्तिम ४ महिनामा, फिटसले देखाउँछ संगठित क्रियाकलाप बीचबीचमा आरामको अवधि लिइ रोकिएर । यो व्यावहारिक अवस्थाले प्रतिबिम्बित गर्छ बढ्दो जटिलता केन्द्रीय स्नायु प्रणालीको ।

Chapter 45   8 to 9 Months (32 to 36 Weeks): Alveoli Formation, Firm Grasp, Taste Preferences

करिब ३२ हप्तासम्ममा, ट्रयु आल्भेओली, अथवा वायु "पकेट" कोषहरु फोक्सोभित्र विकासको क्रम सुरु हुन्छ । जन्मेको आठ वर्षम्म पनि त्यसको निर्माण जारी रहन्छ ।

३५ हप्तामा फिटसले हातले कडा रुपमा समात्न सक्छ ।

विभिन्न पदार्थहरुप्रति फिटलको सर्म्पर्कले जन्मपछिको स्वादको प्राथमिकतामा असर पारेको देखिन्छ । उदाहरणका लागि, फिटसहरु, जसको आमाले सोंफ खान्छन्, एउटा त्यस्तो पदार्थ जसको भिन्न स्वाद हुन्छ, ले जन्मपछि पनि सोंफ रुचाएको देखिन्छ । फिटल अवस्थामा सोंफको सम्पर्कमा नआएका नवजातहरुले भने नरुचाएको देखिन्छ ।

Chapter 46   9 Months to Birth (36 Weeks through Birth)

फिटसले प्रसव उत्पन्न गर्छ ठूलो संख्यामा इस्ट्रोजिन नामको रागरस छाडेर र यसरी सुरु हुन्छ फिटसबाट नवजात शिशुमा परिवर्तन हुने प्रक्रिया ।

प्रसव पीडा गर्भाशयको शक्तिशाली खुम्चाइबाट हुन्छ, परिणामत बच्चाको जन्म हुन्छ ।

निषेचनबाट जन्म र त्यसपछि, मानव विकास गतिशील, लगातारको र जटिल हुन्छ । यस चाखलाग्दो प्रक्रियाका सम्बन्धमा नयाँ खोजले बढ्दो रुपमा देखाइरहेका छन् फिटलको विकासको महत्वपूर्ण असर जीवनभरको स्वास्थ्यमा ।

प्रारम्भिक मानव विकासका सम्बन्धमा हाम्रो बुझाइ बढ्दै जाँदा, हाम्रो क्षमता पनि बढ्छ स्वास्थ्य राम्रो बनाउने - जीवनअघि र पछि दुवै बेलाको ।


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment: